Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:५६ बिहान
- ADVERTISEMENT -

एमसीसी साधारण बहुमतले पास हुने, यस्ताे छ प्रक्रिया

प्रकाशित मिति: २०७८ फागुन १०, मंगलबार

790
Shares

काठमाडौं, फागुन १० गते । प्रतिनिधिसभा संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना प्रस्तुत भइसकेको छ । अब एमसीसी पारित गर्न मुख्य तीन प्रक्रिया बाँकी छन् । पहिलो, संसद्का सदस्यहरुले सैद्धान्तिक एवम् सामान्य छलफल गर्नुहुने, दोस्रो सदन वा समिति दुवैमा विस्तृत छलफल हुने र तेस्रो एमसीसी पारितको प्रक्रिया अघि बढ्ने सङ्घीय संसद्को सचिवालयले जनाएको छ । संसदमा हाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ९८ सांसद संख्या छ ।

यसैगरी, सत्ता गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसको ६३, नेकपा (माओवादी केन्द्र) का ४९, नेकपा (एकीकृत समाजवादी) का २३, जनता समाजवादी पार्टी (जसपा) काे २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को १३ सांसद सङ्ख्या छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक, एक सांसद छन् ।

संविधानमा कुन–कुन सन्धि, सम्झौता दुई तिहाईले पारित गर्नुपर्छ वा कुन–कुन सम्झौता प्रतिनिधिसभाबाट मात्रै गरे हुन्छ भन्ने व्यवस्था प्रतिनिधिसभा नियमावली, २०७५ मा पनि रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला बताउनुहुन्छ । ‘नियमावलीमा कुनै पनि पद वा सङ्ख्या भनेको एक चौथाइ सदस्य सङ्ख्या हो । यो सङ्ख्या बैठक बस्न सक्ने सङ्ख्या हो ।

उपस्थित सङ्ख्याको साधारण बहुमतबाट पारित हुने व्यवस्था छ ।’, उहाँले भन्नुभयो । कुल दुई सय ७१ सदस्यीय सांसदमध्ये एक चौथाईका लागि ६८ गणपूरक सङ्ख्या हुन्छ । र, यो उपस्थित सङ्ख्याको साधारण बहुमतबाट एमसीसी पारित हुनसक्ने जनाइएको हो ।

सत्ता गठबन्धनभित्र पनि काँग्रेसले मुख्यगरी एमसीसी संसदमा प्रस्तुतपछि पारित हुनुपर्नेमा जोड दिएको छ । तर सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) एमसीसीको विपक्षमा उभिने जनाइएको छ ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी)को सोमबारको सचिवालयको बैठकले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । संसद् सुचारुका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गर्दै आउनुभएको छ । पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसी संसदमा लानुपर्ने बताउँदै आउनुभएको अवस्थामा एमसीसी पारितका लागि काँग्रेसले एमालेसँग पनि सहमति प्रयास गर्न सक्ने अर्को विकल्पको सम्भावना देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -