Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:०५ बिहान
- ADVERTISEMENT -

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

प्रकाशित मिति: २०७८ फागुन ९, सोमबार

674
Shares

काठमाडौं, सोमबार, ९ फागुन २०७८ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदमा प्रस्ताव दर्ता भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमसीसी संसदमा दर्ता भएसँगै फागुन १२ को बैठकमा यस सम्बन्धनमा छलफल अगाडि बढ्ने जनाइए पनि नेकपा (एस) को सोमबारको सचिवालयको बैठकले यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । ‘एमसीसी प्रस्तावको विपक्षमा उभिनेछौं । यसमा पार्टीको पोजिसन स्पष्ट छ । हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र यसका लागि वातावरण पनि बनाउछौं ।’, खतिवडाले भन्नुभयो ।

यसबाहेक एमसीसीका कारण पार्टीमा आएका विभिन्न र्चाबारे उहाँले यसले पार्टी हितकोएकतालाई तोड्न नसक्ने बताउनुभयो ।

हिजो राष्ट्रिय आवश्यकताको आधारमा सरकार गठन भएको तर, सरकारभन्दा देश ठूलो भएका कारण पार्टीले यो निर्णय गरेको उहाँको भनाई छ । ‘सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्छ । एमसीसीको पक्षमा पार्टी लाग्दैन ।’, खतिवडा बताउनुहुन्छ ।

यस लगायत गठबन्धन र अन्य सबै विषयमा आज निष्कर्श ननिस्केका कारण नेकपा (एस) को सचिवालय बैठक भने जारी रहने जानकारी पनि उहाँले दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -