- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एमसीसी संसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता डा. महत

February 21, 2022
611
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, ९ फागुन २०७८ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ ।

आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो ।

डा. महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताउनुभयो । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भन्नुभयो । उहाँले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गर्नुभयो ।

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताउनुभयो । ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com