काठमाडाैँ, आइतबार, ८ फागुन २०७८ । सत्तारुढ गठबन्धनकाे एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारेकाे आफ्नाे पार्टीकाे धारणा कायमै भएकाे बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै उहाँकाे निजी सचिवालयले भनेकाे छ ‘विवाद र विराेधका बीच सरकारले एमसीसी टेबुल गरेकाे छ, हाम्राे पार्टी र संसदीय दलले एमसीसीकाे विपक्षमा उभिने आफ्नाे मत पहिल्यै स्पष्ट गरिसकेकाे छ ।’
यद्यपि आजकाे संसद् बैठकमा एमसीसी टेबुल भइसकेकाे छ । एमसीसी टेबुल हुनुअघि माओवादी केन्द्रकाे संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बैठकमै विराेध जनाउनु भएको थियो । टेबुल हुनुअघि संसद्काे प्रमुख प्रतिपक्ष दल एमालेले गरिरहेकाे अवराेध हट्नुपर्ने माग राखेका सचेतक गुरुङकाे मागविपरीत एमसीसी टेबुल भने भएकाे छ ।
बिहान बसेकाे कार्यव्यवस्था समितिकाे बैठकमा समेत माओवादीले एमसीसी यथास्थितिमा टेबुल हुन नहुने लिखित असहमति जनाएकाे थियाे ।
- ADVERTISEMENT -
तर, एमसीसी टेबुल भने भएकाे छ । यसपछि प्रचण्डले माओवादीकाे अडान कायमै रहेकाे बताउनु भयो । एमसीसी टेबुल भएपछि प्रचण्डले दाेहाेराे चरित्र देखाएकाे भन्दै तीव्र आलाेचना शुरू भएकाे छ ।