- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

February 20, 2022
475
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ८ फागुन २०७८ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले समिति बैठकमा लिखित असहमति राख्नु भएको छ ।

यसअघि आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा लगेर छलफल गरी सर्वदलीय सहमतिमा मात्र एमसीसी पेस गर्नुपर्ने प्रस्ताव गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com