Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१३:१५ बिहान
- ADVERTISEMENT -

काभ्रे कांग्रेस सङ्गठन विस्तार अभियानमा

प्रकाशित मिति: २०७८ फागुन ८, आइतबार

384
Shares

काभ्रेपलाञ्चोक, आइतबार, ८ फागुन २०७८ । नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ ।

जिल्लाका छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । एकहप्ते अभियानअन्तर्गत शनिबारसम्म महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको पार्टीका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईँले बताए ।

उनका अनुसार करिब ५० प्रतिशत वडा कार्यालय स्थापना गरिएको छ । “करिब ५० प्रतिशत वडामा कार्यालय थिएन, सङ्गठन विस्तारसँगै कार्यालय पनि स्थापना गरेका छौँ, कतिपय स्थानमा अन्य दलबाट कांग्रेस पार्टीमा प्रवेश कार्यक्रम पनि भए”, उनले भने ।

नवनिर्वाचित कार्यसमितिको गत माघ अन्तिम साता भएको पहिलो बैठकले वडास्तरमा भातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय गरेको थियो । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै गत माघ २९ गते जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सकेर पार्टीले सङ्गठन विस्तार अभियान थालेको हो ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -