काठमाडौँ, मंगलबार, ३ फागुन २०७८ । नेपाली लोक दोहोरी पछिल्लो समय सालको पात उडायोको अपार सफलतापछि कृष्ण बुढाथोकीको बनमा मैना छ गीतको भिडियो सार्बजनिक गरिएको छ ।
पछिल्लो समय अति नै सुमधुर बनेर आएको उक्त गीतमा युवा गायक कृष्ण बुढाथोकी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।
उक्त गीतमा रमेश परियारको शब्द तथा सङ्गीत रहेको छ । ओबी रायमाझी, लोसिना लामिछाने र यशु भट्टराईको अभिनय रहेको भिडियोमा काजिस क्षेष्ठले निर्देशन गरेका छन् । रमेश परियारको अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।








































