काठमाडौं, सोमबार, २ फागुन २०७८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारका गतिविधि विरुद्ध जन संघर्ष गर्ने भएको छ ।
देशब्यापी सरकारका गलत प्रवृति र क्रियाकलापको भण्डाफोर गदै जनसघर्षका कार्यक्रम एमालेले अगाडी बढाउन लागेको हो ।
एमाले सांसद नविाना लामाले पार्टीले जनसंघर्षका कार्यक्रम तय गर्न लागेको बताउनु भयो । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राण विरुद्ध सत्ता गठबन्धनले महाअभियोग दर्ता गराएर चुनाव विथोल्ने षडयन्त्र मात्र गर्न खोजेकोले त्यसको राजनीतिक प्रतिवाद गर्ने र सरकारका गलत क्रियाकलापका विरुद्ध देशब्यापी नेता कार्यकर्ता परिचालन गरेर जनसंघर्षका कार्यक्रम अगाडी वढाउने तयारीमा एमाले रहेको लामाले बताउनु भयो ।