Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:१६ बिहान
- ADVERTISEMENT -

जुनारलाई जाम बनाएर जापान निर्यात गरिने

प्रकाशित मिति: २०७८ फागुन १, आइतबार

576
Shares

वालिङ (स्याङ्जा), फागुन १ गते । स्याङ्जामा उत्पादन भएको जुनारलाई जाम बनाएर जापान निर्यात गरिने भएको छ ।

जिल्लामा उत्पादन भएका जुनारले बजार नपाएपछि जाम बनाउने काम सुरु गरिएको छ । अमिलो जातको फलफूल खेती गर्दै आएका अगुवा कृषक बोधराज अर्यालले जुनारबाट जाम गराउन उद्योग सञ्चालन गर्नुभएको हो ।

बजार नपाएर हैरान बनेका अर्यालले अहिले आफ्नै घरमा उत्पादन गरेको जाम जापानमा निर्यात गर्न थाल्नुभएको हो ।

पुतलीबजार नगरपालिका वडा नम्बर–११ स्थित मायाटारीमा उत्पादन गरेको जाम ‘फार्मर्स प्यासन’को नामबाट जापानको प्रमुख सहरहरूमा बिक्रीवितरण गर्ने तयारी भएको कृषक अर्यालको भनाइ छ । जापानमा नेपाली ब्रान्डको आकर्षण रहेको अर्यालले बताउनुभयो । फार्मर्स प्यासन त्यहाँको पुरानो ब्रान्ड हो ।

अहिले जुनारको जाम पनि थपिन लागेको हो । यही ब्रान्डको नेपाली कफी, मह, सुन्तलाको जाम जापानी बजारमा लोकप्रिय बनेको छ । प्रति केजी एक हजार रुपियाँमा जापान निर्यात गर्न लागिएको हो ।

यसको उत्पादन लेबलिङ, प्याकेजिङ अन्तिम चरणमा पुगेको छ । जाम बनाउने उद्योगमा सिजनमा दैनिक ३० जनाले र नियमित पाँच जनाले काम गरिरहेको अर्यालको भनाइ छ । यो पटक जिल्लामा १० देखि १५ टनसम्म जुनार उत्पादन भएको अर्यालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -