काठमाडौं, फागुन १ गते । सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ । विहान ११ बजे महाअभियाेग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताउनुभयाे । साे प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीबनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे छ । महाअभियाेग दर्तासँगे प्रधानन्यायाधीश स्वत निलम्बन हुने व्यबस्था छ ।
यस अघि २०७४ साल बैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की बिरूद्ध महाअभियाेगकाे प्रस्ताब दर्ता भएकाे थियाे ।
आज महाअभियाेग दर्ता पछि पत्रकारहरूसँग कुरा गर्दै सांसद देब गुरूङले अदालत सुचारू गर्नु नभएकाे र भष्टाचारकाे अभियाेग लागेकाले महाअभियाेग दर्ता गरिएकाे बताउनुभयाे ।








































