- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाका अमिर बाबु खनाल शहिद स्मृती बहुमुखी क्याम्पस नेविसंघ सचिव पदमा मनोनित

February 12, 2022
720
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, शनिबार, ३० माघ २०७८ । गोरखा जिल्ला गण्डकी गाँऊपालिका वडा नम्बर ५ का अमिर बाबु खनाल श्री शहिद स्मृती बहुमुखी क्याम्पस रत्ननगर- ३ चितवन नेपाल विधार्थी संघको सचिव पदमा मनोनित भएका छन् ।

सानै उमेर देखी नेपाली काग्रेसमा चासो राख्ने ऊनि गाउँघरमा मा हुने पाटी को बैठक तथा कार्यक्रम मा समेत नियमित उपस्थित जनाउने गर्थे।पारिवारीक राजनितिक पृष्ठभुमी समेत नेका पार्टी रहेको परिवारमा जन्मेका खनाल बालापन देखिनै उनमा नेकाको राजनीति प्रति चासो चेतना समेत भएको पाईन्छ । विभिन्न संघसंस्था तथा बालक्लबहरुमा समेत ऊनि संक्रियता हुदै आएको समेत पाईन्छ।

बिद्यालय शिक्षा एस.ई.ई. गोरखा जिल्ला साबिक दर्बुङ गाविस स्थित श्री रत्नेश्वर माध्यामिक विधालय बाट गरेका ऊनि प्लस टु अध्ययन का लागि राजधानी छिरेका थिए।
अध्ययन संगै नेपाली काग्रेसको को भातृ संगठन ने.बि संघ को राजनीति मा पनि ऊनको सक्रिय पाईदै आएको थियो । विद्यार्थी राजनीति को बर्चस्व रहेका क्याम्पस हरुको कार्यक्रम मा उपस्थित हुने तथा नेपाल विधार्थी संघले विभिन्न माग राखि गरेको आन्दोलनहरुमा सहभागी हुने खनाल राजधानी मै रहदा ने बि संघको नेतृत्व मा भएको एक आन्दोलन मा प्रहरी को लाठीचार्ज बाट सामान्य घाइते सम्म भएका थिए भने पटक पटक प्रहरीको धर पकडमा समेत परेको पाईन्छ।

प्लस टु सकेर खनाल स्नातक तह अध्ययन गर्नका लागि चितवन को शहिद स्मृति बहुमुखी क्याम्पस गएका थिए। पुर्वी चितवनको विद्यार्थी राजनीति को अखडाको रुपमा हेरिदै आएको ऊक्त क्याम्पस
गएको शुरु शुरुका दिनमा सबै नौलो लाग्ने खनाल लाई क्याम्पस मात्रै नभएर सुरुसुरुमा गाउँ टोल, नगर सबै नौलो लाग्थ्यो भनेर समेत हाम्रो केहि जिज्ञासामा खनालले बताऊनु भएको थियो।

- ADVERTISEMENT -

Advertisement

देख्दा थोरै होचाँ होचाँ भद्र र मिजासिला स्वभावका खनाल नम्र र भद्र स्वभावका समेत हुनु हुन्छ संस्कारी परिवारमा जन्मनु भएका खनालका बुबा साबिक दर्बुङ गाविस गण्डकी गाँऊपालिका वडा नम्बर ५ नेका वडा कार्यसमितिका नव निर्वाचित सचिव समेत हुनु हुदो रहेछ, साथै खनालका बुबा पण्डित पेशामा समेत आबद्ध हुदै आऊनु भएको रहेछ।

सबै संग छिट्टै घुलमिल हुने र मिजासिला खनाल क्याम्पस गएको करिब करिब १/२ महिनाको बिचमा नै नेपाल विधार्थी संघको राजनितिमा संक्रिय साथीहरुको नजरमा पर्नु भएछ र केहि समयको अधिवेशन पश्चात नेबि संघ शहीद स्मृती क्याम्पसको सह-सचिव पदमा साथीहरुले निर्वाचित गराऊनु भएको विषय समेत हाम्रो सम्पर्कमा जानकारी गराऊनु भएको थियो।

संगठनमा आम अग्रजहरु,साथीहरुको साथ पाएका खनाल उक्त क्याम्पस मा विद्यार्थी हरुको समस्या लाई समाधान गर्न नियमित सक्रिय भएर लाग्ने ,गरिब तथा जेहेन्दार विद्यार्थी को पक्षमा सधै उभिने संगठनात्मक गतिविधिहरु लाई चुस्त,दुरुस्त राख्ने र विभिन्न समयमा विधार्थी साथीहरुको पठनपाठनमा क्याम्पस प्रशासनको कुनै कमिकमजोरी भए तत्कालै आवाज बुलन्द्ध गर्ने स्वभाव भएकाले खनाल सो क्याम्पस मा विद्यार्थीहरु माज पनि लोकप्रिय विधार्थी नेताको रुपमा आफुलाई स्थापित गर्न सफल हुनु भएको रहेछ।

सह-सचिव पदमा जिम्मेवारी समाल्दै आऊनु भएका खनाल हालै सम्पन्न नेपाल विधार्थी संघ शहीद स्मृती क्याम्पस ईकाईको भेला बाट सह-सचिव पदमा रहेर सफलता पुर्वक कार्य सम्पादन गरेको भन्दै सचिव पदमा मनोनित हुनु भएको पाईएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com