काठमाडाैँ, बुधबार, २६ माघ २०७८ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै आधा दर्जन वामपन्थी दलले संयुक्त रूपमा संसद् भवन घेराउ गरेका छन् ।
बुधबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गरेकाे हाे । उनीहरूले बानेश्वरस्थित संसद् भवन घेराउसमेत गरेका छन् ।
मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए ।








































