Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:१९ बिहान
- ADVERTISEMENT -

पुल बनेपछि गाउँवासीको दैनिक आम्दानीमा बृद्धि

प्रकाशित मिति: २०७८ माघ २३, आइतबार

587
Shares

तनहुँ, आइतबार, २३ माघ २०७८ । पुल बनेपछि तनहुँ गाउँपालिका १ मा पर्ने समस्तीपुर र बरडाँडाबासीको दैनिक आम्दानीमा बृद्धि भएको छ । यी दुई गाउँलाई जोड्ने बराँदीमा पुल बनेकाले गाउँको उत्पादन राजमार्गमा पु¥याएर विक्री गर्न सहज हुनुका साथै पुलमा आन्तरिक पर्यटक आउनेक्रम बढेपछि आयस्तरमा पनि बृद्धिभएको स्थानीयको भनाई छ ।

सो स्थानमा नेपालका दोस्रो अग्लो उचाईसहितको झोलुङ्गे पुल निर्माण भएको आन्तरिक पर्यटकको रोजाईले टिकटक बनाउन, फोटो खिच्नेको भिड लाग्नेगरेको छ । आन्तरिक पर्यटक आउनेक्रम बढेसँगै गाउँको उत्पादन बिक्रीमा पनि बृद्धि भएको स्थानीय बासिन्दा श्रीराम भट्टराईले बताउनुभयो ।

पुल बनेपछि एक घण्टाको बाटो छोट्टिएकाले पृथ्वी राजमार्गसँग जोडिएको मिलीजुली कृषि सहकारीमा लगेर गाउँमा उत्पादित तरकारी र फलफूल आम्दानी लिन थालेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको वडा न १ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा सतहबाट दुई सय ७५ मिटर उचाईमा पुल निर्माण भएको हो ।

दुई सय २० मिटर लामो यो पुल बनेसँगै दिनहु टिकटक बनाउन आउने र उनिहरुले खाजा खाने तथा गाउँमा उत्पादन भएका ताजा तरकारी र फलफूल किनेर लैजानेगरेको स्थानीय वासिन्दाको भनाई छ । यस क्षेत्रका बासिन्दाको उत्पादित दुध, तरकारी र फलफूल बजारसम्मको पहुँच पुलले पु¥याई दिएपछि खुसी छाएको भट्टराईले बताउनुभयो ।

ज्यालामजदुरी गर्नेहरूले तरकारी खेती गर्ने गाई भैसी पालेर दूध बिक्री गर्न थालेको र आवात जावतमा सहज भएको आँबुखैरेनी गाउँपालिका १ का अध्यक्ष किसन थापाले बताउनुभयो । ‘पुल नहुँदा वर्षौंसम्म सास्ती खेपेका वासिन्दाले एक घण्टा पैदल हिडेर पुग्नुपर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्’ थापाले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग एक करोड ३० लाखमा पुल निर्माण भएको पुल निर्माण समितिका अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो । खुदी खोलाको खोल्सा वारीपारी रहेका यी दुई गाउँवीच मेलापात र लेनदेन हुदै आए पनि आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पुल बनेपछि हटेको उहाँले जानकारी दिनुभयो ।

तरकारी उत्पादनको पकेटक्षेत्रको रुपमा मानिएको समस्तीपुरका कृषक यसअघि बरादी बजारसम्म उत्पादन ढुवानीका लागि समस्या खेप्दै आएकोमा पुल बनेपछि सहज भएको गौलीले बताउनुभयो । अध्यक्ष गौलीले देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या विदाको दिन चार सयमाथि पुग्ने बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -