- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पेट्रोलिय पदार्थको मूल्य बढेसँगै गाडी भाडा बढाउन दबाब

February 5, 2022
558
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, २२ माघ २०७८ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको बढेको मूल्यअनुसार भाडा समायोजन हुनुपर्ने बताएका हुन् । उनीहरूले अहिलेको अवस्थामा पुरानो भाडाअनुसार लागत नै उठाउन समस्या परेको तर्क गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लागत उठाउन समस्या देखिन थालेको बताएका छन् । मूल्यवृद्धिअनुसार वैज्ञानिक भाडा समायोजन हुनुपर्नेमा उनको जोड छ ।

व्यवसायीहरूले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत रहेको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहँदा व्यवसायीले पनि भाडा वृद्धि गर्नेमा लाग्दा सार्वजनिक सवारी चढ्ने प्रयोगकर्ताहरू भने यसको मारमा पर्ने देखिएको छ ।

सरकारले गत २७ असार २०७८ देखि हालसम्म विभिन्न समयमा गरेर डिजेल–पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाएको थियो । व्यवसायीहरूले यसै मूल्यलाई आधार मानेर भाडा समायोजन गर्नुपर्ने आवाज उठाउन थालेका हुन् ।

गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ बिदाइ हुँदै गर्दा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com