गोरखा, बिहिबार, २० माघ २०७८ । गोरखाको भीमसेन थापा गाउँपालिकामा पनि बराम भाषाको पढाई हुने भएको छ । भीमसेन थापा गाउँपालिका १ मा रहेको कनकामना आधारभुत बिद्यालयमा आउदो साता देखी बराम भाषाको अध्यापन गराउने तयारी गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
बरामहरुको बसोबास रहेको उत्त क्षेत्रमा मातृभाषाबाट अध्यापन गराउन आवश्यक तयारी पुरा गरेको पनि पालिकाले जनाएको छ । अब उत्त बिद्यालयमा कक्षा ६ देखी ८ सम्मका बिद्यार्थीहरुले ऐच्छिक बिषयमा बराम भाषाको अध्ययन गर्न पाउनेछन् ।
बिद्यालयका प्रधानाध्यापक यामप्रसाद भट्टका अनुसार आउदो सातादेखी बराम भाषा अध्यापन गराउनका लागि शिक्षक छनौट भई सकेको छ । प्रअ भट्टका अनुसार २ सिफ्टमा ४० जना बिद्यार्थीहरुलाई बराम भाषामा अध्यापन गराउने तयारी पुरा भएको छ ।
बिद्यालयमा १५० जना बिद्यार्थी भएको भएता पनि सबै ईच्छा गर्ने बिद्यार्थीहरुलाई एकै स्थानमा राखेर अध्यापन गराउन लागिएको बिद्यालय प्रशासनले जनाएको छ ।
- ADVERTISEMENT -