- ADVERTISEMENT -

विद्युत् बक्यौता असुल्न बेवास्ता

January 19, 2022
464
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, ५ माघ २०७८ । नेपाल विद्युत् प्राधिकरणको ट्रंक तथा डेडिकेटेड लाइनको १६ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी देखिएको छ । तर, उक्त बक्यौता उठाउन प्राधिकरणले पहल नै गरेको छैन। चालू आर्थिक वर्षको ६ महिनामा कति रकम उठ्यो भन्ने तथ्यांकसमेत प्राधिकरणसँग छैन ।

प्रवक्ता सुरेश भट्टराईका अनुसार डेडिकेटेडको बक्यौता उठाउने प्रयास भइरहेको छ । बक्यौता रकम किस्तामा तिर्न प्राधिकरणले सुविधा दिएको छ । संसद्को लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उच्चस्तरीय समितिले पनि प्राधिकरणलाई डेडिकेटेड लाइनको बक्यौता उठाउनका लागि आधारहरू दिएको छ। तर, यी आधारमा टेकेर बक्यौता उठाउन प्राधिकरण अग्रसर देखिँदैन ।

- ADVERTISEMENT -

Advertisement

ट्रंक तथा डेडिकेटेड लाइनका ५७ ग्राहकबाट १५ अर्ब ५३ करोड रुपैयाँ असुल हुन बाँकी छ । जसमा ट्रंक लाइनका ४९ ग्राहकबाट १० अर्ब ७० करोड र डेडिकेटेडका ८ ग्राहकबाट ४ अर्ब ५० करोड रुपैयाँ छ। चरम लोडसेडिङका समयमा ६५ प्रतिशतभन्दा बढी शुल्कमा यो लाइनको सुविधा प्राधिकरणले उद्योगलाई दिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -