- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सत्ता गठबन्धनकाे बैठक आज बस्दै, यी हुन् एजेण्डा

January 18, 2022
551
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडाैं, ४ माघ २०७८ । सत्तारूढ गठबन्धनकाे बैठक आज बस्दैछ ।

स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे थियाे । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको थियाे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com