- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा मनाइँदैछ विश्व हिन्दी दिवस

January 10, 2022
413
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा सोमबार विभिन्न कार्यक्रम गरी विश्व हिन्दी दिवस मनाइँदै छ । नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी नेपालका साहित्यकारका साथमा सो दिवस मनाइरहेको हो । भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो । हुनत् भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा विश्व हिन्दी दिवसको उद्घाटन गरेकी थिइन् । तर विधिवत रुपमा २००६ जनवरी १० देखि मनाउन थालिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

हिन्दी भाषा विश्वका विभिन्न ३० वटा देशका कलेज तथा स्कूलमा अध्यापन हुँदै आएको छ । फिजीमा हिन्दी भाषालाई आधिकारिक भाषा मानिएको छ । हिन्दी भाषा मोरीसस, फिलिपिन्स, गुयाना, सुरिनाम, त्रिनिदाद, पाकिस्तानलगायतको देशमा पनि बोल्ने गरिन्छ । नेपालमा पनि हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ भनि मधेशवादी दलहरुले माग गर्दै आएका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com