- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उपत्यकामा विद्युत् खपत दुई हजार मेगावाट पुर्‍याउने प्राधिकरणको तयारी

January 5, 2022
460
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २१ पौष २०७८ । विद्युत् खपत बढाउने अभियान सञ्चालन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको खपत दुई हजार मेगावाट पुर्‍याउने तयारी थालेको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ ।

हाल उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु अघि बढिरहेको छ ।

सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को सहुलियतपूर्ण ऋणमा काठमाडौंमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नु पर्ने कामलगायतका विषयमा जानकारी लिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०र १३२ र ३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२र३३र११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तिब्रता दिन आग्रह गरे ।

‘निर्माणाधीन सबस्टेसनहरु अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने, ‘त्यसैले यस्ता संवेदनशील आयोजनाहरुको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं ।’

मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिंदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिंदा काम प्रभावित भएको र समस्या समाधान गर्न सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com