Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:१४ बिहान
- ADVERTISEMENT -

माओवादीले गर्‍यो मतदाता नामावली प्रकाशन, १७४२ मतदाता

प्रकाशित मिति: २०७८ पुस १७, शनिबार

380
Shares

नेकपा माओवादी केन्द्रको जारी ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली प्रकाशन भएको छ।

माओवादी निर्वाचन समितिले प्रकाशन गरेको नामावलीमा मतदाता १७४२ छन्।

यो निर्वाचनको नियमित प्रक्रिया हो। 

केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने बताएका छन्।

प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन्। २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ।

आजै भएको माओवादीको बन्द सत्रले विधान पारित गरेको छ।

विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो। बन्द सत्रले पदाधिकारीको संख्या भने टुंग्याउन सकेन।  

महाधिवेशनले पदाधिकारीको संख्या भने नटुंग्याउने निश्चितजस्तै भएको छ। यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको थियो।

महाधिवेशन हलले पदाधिकारीको संख्या कति तोक्ने निर्णय गर्न केन्द्रीय कमिटीलाई जिम्मा दियो। अब केन्द्रीय कमिटी आफ्नो अनुकूलमा संख्या टुंगो लगाउने र चयन गर्न सक्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -