माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयनको लागी ल्याएको सर्वसम्मत प्रस्ताव मान्ने तर, निर्वाचन हुने अवस्थामा भने महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले निर्वाचन भएको अवस्थामा आफुले महासचिवमा उम्मेदवारी दिने बताएको निकट स्रोतले बतायो । उनि हाल माओवादी केन्द्रको कर्णाली प्रदेशका इन्चार्ज समेत छन् ।
माओवादीमा महासचिवका लागी मुख्यगरी नेताहरु वर्षमान पुन,जनार्दन शर्मा र शक्ति बस्नेतबीच प्रतिस्पर्धा छ । पछिल्लो समय माओवादीमा शर्मा र पुनबीच महासचिवका लागी चर्को गुटबन्दी भइरहेको छ । उनिहरुले एकले अर्कालाई छोड्ने अवस्था नभएपछि अध्यक्ष दाहालले तेस्रो विकल्पमा जाने सोच बनाएको स्रोत बताउंछ । त्यसका लागी माओवादीका प्रभावशाली नेताहरु अग्नी सापकोटा, चक्रपाणी खनाल,राम कार्की, हितराज पाण्डे, हरिवोल गजुरेललगायतले बस्नेतको नाम अघि सारेका थिए ।