काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी वैदेशिक हस्तक्षेप गराउने प्रोजेक्ट भएको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा प्रकाण्डले एमसीसी विकासको लागि नभई नेपाललाई बरबादीमा लाने षडयन्त्र भएको बताए ।
एमसीसी जनविरोधी र देशघाती भएको बताउदै उनले यो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको आयु लम्ब्याउन मालिकको खातिदारी मात्र भएको बताए । उनले सरकारसँग भएको तीन बुँदे सहमति तोडिएमा राम्रो नहुने पनि बताए ।
नेकपा माओवादी केन्द्रसँगको एकता बारे गरिएको प्रश्नमा उनले फोहारी खेलमा डुबाउने षड्यन्त्र रहेछ भने यो सम्भव नहुने बताए । उनले भने – ‘प्रचण्डजी विचार र व्यवहारमा सच्चिएर प्राक्टिकल्ली आउनुभएमा ठिकै हुन्छ । तर नेपाली जनतालाई भ्रमित पार्ने र आम नेपालीबीचमा बदनाम गराउने षड्यन्त्र भएका यो सम्भव छैन ।’
महासचिव विप्लवको प्रचण्डसँग दुई पटकसँग कुरा भएको बताउदै प्रकाण्डले कृष्णबहादुर महरा र आफ्नो कुरा हुँदा पनि एकता प्रस्ताव आएको बताए । तर उनले त्यो एकता केका लागि आएको क्लियर हुनुपर्ने बताए ।
- ADVERTISEMENT -