काठमाडौँ– हिउँदे वर्षाका कारण सुर्खेत, पोखरा र नेपालगञ्जको हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसम खराब भएका कारण ती उडान प्रभावित भएका हुन् ।
मुलुकको अन्य स्थानमा भने नियमित उडान भइरहेको उनले बताए । ‘नियमित उडानको कुनै पनि तालिका परिवर्तन भएको छैन,’ उनले भने,’ अन्तर्रष्ट्रिय उडान पनि भइरहेको छ ।’