काठमाडौँ – एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा काठमाडौँको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार साँझदेखि मंगलबार मध्यरातसम्म ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ ।
काठमाडौँका प्रहरी प्रवक्ता दिनेश मैनालीले भने, ‘पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेको देखिएको छ । उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।’
पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताए । घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता मैनालीले भने, ‘३४ वर्षकी महिला सुर्खेतकी हुन् भन्ने खुलेको छ । उनका श्रीमान भारतमा रहेको खुल्न आएको छ ।’








































