पर्सा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान प्रहरीले वीरगन्व महानगरपालिका-१३ बाट १९ वर्यीय विक्रम सर्राफलाई पक्राउ गरेको हो।
शंकास्पद रूपमा हिँडिरहेका सर्राफले बोकेको झोला चेकजाँच गर्दा नुफ्रिन ३५० एम्पुल, डाइजिपाम ३५० एम्पुल र फेनारगन ३५० एम्पुल बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
जिल्ला प्रहरी पर्साबाट खटिएको टोलीले सर्राफलाई नियन्त्रणमा लिएको उनले बताए। सर्राफलाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको बताइएको छ।








































