- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रचण्ड किन अझै शक्तिशाली ?

December 28, 2021
339
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ फेरि महाधिवेसन मार्फत सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् । अहिलेसम्म प्रचण्डको विकल्पको रुपमा कोही देखा परेका छैनन् भने माओवादी केन्द्रका शिर्ष नेताहरुले समेत प्रचण्डलाई नै अध्यक्ष मान्न तयार भएका छन् ।

प्रचण्ड पार्टी भित्र शक्तिशाली छन् भन्ने यो महाधिवेसनले पुष्टि गरेको छ । तर प्रचण्ड पार्टीमा मात्र नभएर नेपाली राजनीतिमा समेत शक्तिशाली छन् भन्ने कुरा समय क्रमसंगै पुष्टि भएको छ । अहिलेको गठबन्धनको सरकार बन्नु र नेपाली कांग्रेस सरकारमा जानु पनि प्रचण्डले चाहेकोले भएको घटना क्रमले देखिएको छ । प्रचण्ड पार्टी भित्र र नेपाली राजनीतिमा किन अझै शक्तिशाली छन् भन्ने चर्चा चल्न थालेको छ ।

संसदमा तेश्रो स्थानमा भएपनि प्रचण्डले चाहेमा अहिलेको गठबन्धनको सरकार ढल्न सक्छ । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको हरेक काम कारवाही गर्नु अघि प्रचण्डसंग सल्लाह पनि लिन्छन र प्रचण्डलाई चित्त नबुझाई कुनै कदम समेत चाल्दैनन् । आखिर किन पार्टी सानो भएपनि प्रचण्ड शक्तिशाली छन् ?

पार्टी भित्र शक्तिशाली

- ADVERTISEMENT -

Advertisement

नेकपा माओवादी केन्द्र भित्र प्रचण्डलाई चुनौती दिने कुनै नेता नभएका कारण पनि प्रचण्ड फेरि अध्यक्ष हुने भएका छन् । प्रचण्डलाई चुनौती दिन पार्टीका शिर्ष नेताहरु नारायण काजी श्रेष्ठदेखि कृष्ण बहादुर महरा सम्मले कोशिश गर्न सकेनन् । प्रचण्डलाई नै फेरि अध्यक्ष मान्न तयार भएका छन् ।

प्रचण्ड अझै पार्टीमा शक्तिशाली हुनुको मुख्य कारण भनेको प्रचण्डको अझै देशको राजनीति हल्लाउन सक्ने तागतले गर्दा हो । प्रचण्डले चाहेमा अहिलेको अवस्थामा सरकार बन्ने र ढल्न सक्ने छ । त्यसैले यदी प्रचण्डलाई चुनौती दिएमा आफ्नो पार्टी सरकारमा फेरि जान पाउला वा नपाउला भन्ने डर पार्टी भित्रका शिर्ष नेताहरुलाई छ । साथै आफ्नो पार्टी सरकारमा गए प्रचण्ड कै अनुसारको मन्त्री बन्ने नबन्ने भन्ने छ त्यसैले आफ्नो पद सुरक्षाको लागि पनि अहिले सम्म कोही नेता प्रचण्ड विरुद्ध बोल्ने हिम्मत गर्दैनन् ।

अर्को कारण भनेको प्रचण्डले आजसम्म आफ्नो उत्तराधिकार कसैलाई नतोक्नु पनि हो । प्रचण्डले आफू पछि को भन्ने अहिले सम्म खुलेर बताएका पनि छैनन् र कसैलाई कुनै जिम्मेवारी समेत दिएका छैनन् । प्रचण्डले आफू पछि सबै नेताहरुलाई मिलाएर अघि लाग्ने गरेको देखिएको छ । त्यसैले पनि प्रचण्ड पछि को भन्ने नतोकिएको ले गर्दा प्रचण्डको विकल्प कोही भएनन् ।

राजनीतिमा प्रचण्ड नै शक्तिशाली

पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्राय भाषणहरुमा भन्ने गरेका छन् कि आफूले झलनाथ खनालदेखि केपी शर्मा ओलीसम्मलाई प्रधानमन्त्री बनाए । र यो सत्य पनि हो किनकि प्रचण्डले जसलाई साथ दिए त्यहि तर्फ बहुमत पुग्थ्यो र उनले भने अनुसार हुनेगर्थ्यो । अहिले पनि अवस्था त्यस्तै नै छ ।

एमाले एक्लैको बहुमत नपुग्ने हुँदा प्रचण्डले साथ दिंदा सरकार बन्यो र केपी शर्मा ओली प्रधानमन्त्री बने । र जब केपी शर्मा ओलीसंग प्रचण्डको मनमुटाव बढ्यो, प्रचण्डले देउवालाई साथ दिए र प्रधानमन्त्री बनाए । अहिलेको गठबन्धनको सरकार बन्नुमा प्रचण्ड नै मुख्य खेलाडी मानिन्छन । यो कुरा प्रधानमन्त्री देउवाले समेत पुष्टि गरेका छन् ।

शेरबहादुर देउवालाई एमसीसी पास गराउन हतारो छ तर प्रचण्डले नमानेको कारण देउवा अझै पनि प्रचण्डलाई कन्भिन्स गराउन लागि परेका छन् । प्रचण्डले चाहेमा अहिले फेरि गठबन्धनको सरकार ढल्न सक्छ त्यसैले अहिलेको राजनीति पनि उनीमा नै केन्द्रीत रहेको छ ।

शेरबहादुर देउवालाई डर छ कि प्रचण्ड कत्तै केपी ओलीसंग मिलेर यो सरकार ढाल्छन र केपी ओलीलाई पनि डर छ कि कत्तै आगामी निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसंग तालमेल गर्छन कि । त्यसैले अहिले प्रचण्डलाई अर्को तर्फ नलागुन भन्ने दुवैको चिन्ता छ ।

आफू संसदमा तेश्रो दल भएपनि मुख्य केन्द्रमा माओवादी केन्द्र नै रहेको र प्रचण्ड नै शक्तिशाली रहेको देखिएको छ । एमसीसी पनि अहिले सम्म पारित हुन नसक्नुको कारण प्रचण्डले नचाहेर पनि हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com