काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ आजदेखि पुनः सुरु हुने भएको छ । स्मार्ट कार्डको अभावमा लामो समयदेखि बन्द रहेको लाइसेन्सको पुनः छपाइ सुरु हुन लागेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेले भोलिदेखि दैनिक १० हजार लाइसेन्स प्रिन्ट गर्ने जानकारी दिए । ‘‘भोलिदेखि दैनिक १० हजार लाइसेन्स छाप्छौँ । बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म मेसिन चल्छ । लाइसेन्स प्रिन्ट गर्ने मेसिन विभागसँग एउटा मात्रै छ,” उनले भने ।
विभाग खरिद गरेको स्मार्ट कार्ड गएको मंसिर पहिलो साता भन्सारमार्फत नेपाल आएको थियो । १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी विभागले नेपाल–फ्रान्स संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको थियो ।









































