मुगु, १३ पौष २०७८ । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् ।
मुगुमकामारोङ्ग गाउँपालिका–३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरेका हुन ।
लामो समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् ।
नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् ।
उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।









































