नेकपा माओवादी केन्द्रको शुक्रबार विहान सुरु भएको स्थायी कमिटी बैठक साँझ फेरि बस्ने गरि टुंगिएको छ ।
शुक्रबार विहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको प्रतिवेदनको हाइलाइट्स सुनाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
यो प्रतिवेदनमाथि फेरि आज साँझ बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।
११ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यो प्रतिवेदनलाई निकै चासोका साथ हेरिएको छ ।
- ADVERTISEMENT -