- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रन्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग

December 23, 2021
407
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ८ पौष २०७८ । युवा नेतृ रन्जु दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी छन्। बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ उनले भनेकी छन् ।

उनले आफू राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भनेर प्रवेश गरेको भन्दै पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको बताएकी छन्। ‘मैले सफा गर्ने कोशिस पनि गरेँ तर पूर्ण रुपले सफा गर्न असमर्थ रहे, तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ उनले लेखेकी छन् । उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् ।

उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो।

- ADVERTISEMENT -

Advertisement

विवाद बढ्दै जाँदा मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ भने पाण्डेले पनि समानान्तर समितको घोषणा गरेका छन्। यही विवादकै बीच मिश्रको एजेन्डालाई अस्वीकार गर्दै दर्शनाले पनि पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com