Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:५४ बिहान
- ADVERTISEMENT -

फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह

प्रकाशित मिति: २०७८ पुस ७, बुधबार

539
Shares

काठमाडौँ, पुस ७ गते । निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष (२०७८/०७९)का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले आगामी फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह जुटेका छन् ।

गत वर्ष पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष असोजदेखि नै कार्यान्वयन भइरहेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले चालू आवमा गर्नुपर्ने सबै योजना र कार्यक्रम फागुनभित्रै सम्पन्न गर्न पालिकालाई यसअगाडि नै आग्रह गरिसकेका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवं गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले अहिले सबै स्थानीय तहले चालू आवको योजना फागुनभित्र सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार अहिले पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको टोली निर्माण गरी उपभोक्ता समिति र ठेकेदारसँग नियमित रूपमा समन्वय सहजीकरण गर्ने काम भइरहेको छ । कर्मचारीले गरेका कामको नियमित रूपमा अनुगमन गर्ने काम सबै जनप्रतिनिधिले गरिरेहका छन् ।

काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले स्थानीय तहले निर्वाचनअगाडि नै विकास निर्माणका सबै योजना सम्पन्न गर्ने गरी धमाधम काम गरिरहेका छन् ।

स्थानीय तहले स्थानीय निर्वाचनलाई लक्षित गरी गत असारमा सम्पन्न गाउँ र नगर सभाले बजेट निर्माण गर्दा नै वितरणमुखी कार्यक्रम बनाएका छन् । अहिले सोही कार्यक्रम कार्यान्वयनका चरणमा छन् । चालू आवका लागि पालिकाभित्र भएका अपाङ्गता, अशक्त, विपन्न समुदायका नागरिकको जीविकोपार्जन कार्यक्रम, दलित परिवारका बालबालिकाको प्राथमिक कक्षासम्मको अध्ययनका लागि पुस्तक, पोसाक, कापी, कलम र खाजा खर्चका लागि दलित छात्रवृत्ति राहत रकम कार्यक्रम सञ्चालन गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -