Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:४७:५९ बिहान
- ADVERTISEMENT -

महासचिव पाेखरेलले आज पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: २०७८ पुस २, शुक्रबार

653
Shares

काठमाडौं, २ पौष २०७८ । नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेकाे छ ।

- ADVERTISEMENT -