धादिङ, बुधबार, २९ मङ्सिर २०७८ । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले धादिङ, बैरेनी–६ गल्छीमा आफ्नो आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ।
आज एक समारोहबीच वडा अध्यक्ष राजन श्रेष्ठले सो मर्मत केन्द्रको उद्घाटन गरेको कम्पनीले जनाएको छ।
कम्पनीले सो मर्मत केन्द्र २० वर्षदेखि यसै क्षेत्रमा आबद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारिकता प्रदान गरेको हो। श्रेष्ठका अनुसार आफू यस क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका बाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्षदेखि आएको यस मोटरहेड ब्राण्डका बाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्नथालेको हुँदा उक्त ब्राण्डसँग आफू आबद्ध भएको बताए।
हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै, हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए।
- ADVERTISEMENT -