- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शशांकको सचिवालयले भन्याे- ‘देउवा प्यानलले भ्रम फैलायो, समर्थन शेखरलाई नै’

December 13, 2021
460
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानकाे तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ ।

तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ । शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने- ‘उहाँ (शशांक)काे नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारकाे पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएकाे थियाे । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

- ADVERTISEMENT -

Advertisement

सभापतिको दौडमा देउवा र शेखरसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com