- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको मनोनयनबाट उठ्यो ५८ लाख ९५ हजार

December 11, 2021
523
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, २५ मङ्सिर २०७८ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनको लागि शनिबार मनोनयन दर्ता भएको छ ।

विभिन्न पदका लागि पदाधिकारीसहित ५ सय ४८ जनाले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसको उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको निर्वाचन समितिले जनाएको छ ।

१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ ।

त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ ।

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ । केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आज नै दाबी विरोध हुनेछ । भने मंसिर २७ गते निर्वाचन हुने समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com