काठमाडौं, २५ मंसिर २०७८ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले शनिबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेसभित्र बदलिँदो समीकरणका कारण शर्मा कुन प्यानलबाट चुनाव लड्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।
यद्यपि उनले निर्वाचन समितिले तोकेको समयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।








































