जापान, नेपाली काग्रेसको १४ औ महाधिवेशनको तयारी तिव्र रहेको समयमा नेपाली काग्रेस पार्टीको विदेश स्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति जापानको ७ औ अधिवेशन बिबादित बनेको छ।

हिजो मिति २०७८ मंसिर १९ गते आईतबार भर्चुअल माध्यमबाट गरिएको अधिवेशनमा नेका केन्द्रिय सह-महामन्त्री डा.प्रकाश शरण महत लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको भएपनि विधि र विधान भन्दा बाहिर गएर यति धेरै ठुलो विरासत बोकेको पार्टीको शुभेच्छुक संस्थाको अधिवेशन त्यसमाथी पनि भर्चुअल माध्यमबाट गर्न लागिएको र कार्यसमितिमा समेत अधिवेशनको बारेमा जानकारी नगराई सेटिङगमा केहि पात्रहरु महाधिवेशन प्रतिनिधि हुनकै लागी प्रपञ्च रचिएको जानकारी पाँए पश्चात ऊपस्थित नहुनु भएको जानकारी हुन आएको छ। विशिष्ट अतिथिहरुमा नेका की नेतृ आरजु राणा (देऊवा), केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराई रहनु भएको थियो भने केन्द्रिय प्रतिनिधि विमल सुवेदी सदस्य प्रचार प्रसार विभाग नेका समेत ऊपस्थित रहनु भएको जानकारी हुन आएको छ।

यति ठुलो पार्टीको विरासत बोकेको विदेश स्थित शुभेच्छु संस्थाको अधिवेशन कार्यसमितिमा समेत छलफल, बैठक नगराई गरिएको भन्दै कार्यसमितिका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सामाजिक संन्जाल मार्फत अवैधानिक ढंगले विधि र विधान भन्दा बाहिर गएर आम जापानबासी काग्रेसीहरुको आस्थामा चोट पुग्ने गरेर गरिएको ७ औ अधिवेशनको चर्को विरोध गर्नुका साथै घोर भर्सना गर्दै विज्ञप्ती निकालेका छन्।

छैठौ अधिवेशनबाट गोला प्रथाबाट नेतृत्व तय गरिएको ६९/७० जनाको जम्बो टोलि रहेको नेपाली जनसम्पर्क समिति जापानको ७ औ अधिवेशन भर्चुअल माध्यमबाट गरिने जानकारी २४ घण्टा अगाडि मात्र सुचना सार्वजनिक गरिएको भएपनि अधिवेशनमा जापान भरीबाट ६०/६५ जनाको संङख्यामा अतिथि सहितको मुस्किलको ऊपस्थिति देखिएको हाम्रो सम्पर्कमा एक अधिवेशन प्रति असन्तुष्ठ रहेपनि आफ्ना विचार राख्न पाईन्छकी भनेर गएका व्यक्तिले जानकारी गराऊनु भयो।

कार्यक्रमको सन्चालन महामन्त्री समेत रहेका बिबादित अधिवेशनबाट पहिलो पटक नेकाको महाधिवेशन प्रतिनिधि आफै घोषीत भएका रामजंग कार्कीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको सभापत्तित्व बिबादित अधिवेशन गराऊन सफल नेपाली जनसम्पर्क समिति जापानका सभापती लाल बहादुर केसी (रोशन) ले गर्नु भएको जानकारी हुन आएको छ।

कार्यसमितिमा समेत छलफल नगरिएको भन्दै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले सभापती रोशन केसीको सामाजिक संन्जालबाट चर्को विरोध गर्नुका साथै एक विज्ञप्ती मार्फत अनैतिक क्रियाकलापबाट जन्म भएका स्वघोषित महाधिवेशन प्रतिनिधि भनिएकाहरु नेपाली जनसम्पर्क समिति जापानको महाधिवेशन प्रतिनिधि हुन नसक्ने भन्दै चर्को आलोचना समेत हुदै आएको छ।

क्षेत्रिय अधिवेशनहरु नभएको, क्रियाशिल सदस्यहरुको नामावली समेत सार्वजनिक नगरेको,क्रियाशिल सदस्यहरुले फारम भरेपनि आफुले दस्तुर समेत तिर्न नपाएको भन्दै,कार्यसमितिमा बैठकनै नगरी सभापती रोशन केसी महामन्त्री रामजंग कार्की लगाएत केहि स्वार्थ समुहहरुले विभिन्न गुट,ऊपगुट र आशिर्वादको भरमा बार्गेनिङ गरी अधिवेशनको नाममा जापानबासी काग्रेसीहरुको आस्था प्रति समेत ठेस पुग्ने गरी मनोमानी ढंगले अधिवेशन गरिएको भन्दै यस्तो गैर- राजनितिक चरित्र प्रदर्शन नगर्न समेत सामाजिक संन्जालबाट नेपाली जनसम्पर्क समितिका शुभचिन्तकहरुले चेतावनी दिएका छन्।

सहभागी भएकाहरु लाई समेत प्रविधिको चरम दुरुपयोग गर्दै म्युट गरेर आफ्ना विचारहरु राख्न वन्चित गर्दै महामन्त्री रामजंग कार्कीले केहि नव धनाढ्य र ठेकेदारहरुको आडमा सहभागीहरुले पटक पटक आफ्नो विचारहरु राख्न दिन अनुरोध गरेपनि व्यवास्था गरिएको र कार्यक्रममा केहि स्वार्थ समुह भित्र रहेकाहरुलाई आशन ग्रहण गराएपनि अन्यलाई भने नगराईएको समेत जानकारी हुन आएको छ।

केहि स्वार्थ समुह र आशिर्वादको भरमा बार्गेनिङ गर्दै निम्न व्यक्तीहरु महाधिवेशन प्रतिनिधि भनेर घोषणा गरिएको जानकारी हुन आएको छ।

१, लाल बहादुर के.सी
२, नारायण सुवेदी
३, डा.बलराम श्रेष्ठ
४, भुपि गोबिन्द श्रेष्ठ
५, डिपी कडेल
६, राजेन्द्र प्रसाद जमरकटेल
७, पदमपानी चापागाई (पितम्बर )
८, रामकृष्णा बम मल्ल
९, नवराज थापा
१०, बिष्णु अर्याल
११, डा.सुदिप अधिकारी
१२, युवराज अधिकारी
१३, बाबुराम सापाकोटा
१४, रामजंग कार्की

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्