काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत ल्याएर जीत हात पारे भने पराजित केसीले ९२७ मत प्राप्त गरेका छन् ।

पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो भएको हो । बानियाँलाई कृष्णप्रसाद सिटौला समूहबाट पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले समर्थन जनाएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् । यसअघि बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्