- ADVERTISEMENT -

नेप्से परिसूचक ७२ अंकले घट्यो

December 5, 2021
227
Shares
- ADVERTISEMENT -

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ । यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन् । सबैभन्दा बढि फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ ।

साताको पहिलो दिन आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबै भन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको २८ करोड ६२ लाख ८४ हजार २ सय ५५ रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बजार घट्दा पनि न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य बसैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५४ रुपैयाँ ४० पैसा कारोबार भएको थियो ।

गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ ।

यसैगरी मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा-निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएसँगै बजारमा तरलता अभाव भएको छ भने व्याजदर पनि बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -