- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काँग्रेस नेतृत्व पछिल्लो समय स्वेच्छाचारी बन्दै गएको वरिष्ठ नेता पौडेलको आरोप

December 2, 2021
315
Shares
- ADVERTISEMENT -

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्व पछिल्लो समय स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् ।

काँग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले २००७ सालदेखि काँग्रेसले आफ्नै इतिहास बनाएको भए पनि पार्टी नेतृत्व पार्टी सिद्धान्त अनुसार अगाडी नबढेकाले निराशा छाएको बताए ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ नेता पौडेलले काँग्रेस एक्लै चुनाव लडेको अवस्थामा गत निर्वाचनकै अवस्था दोहोरिन सक्ने बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि दलहरूबीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।

‘आगामी चुनावमा पनि काँग्रेस एक्लैले लडेर बहुमत ल्याउन गाह्रो छ,घमण्ड गरेर एक्लै चुनाव लडेको अवस्थामा गएको चुनावको अवस्थामा पुगिएला,’ उनले भने, ’विगतको परिणामलाई मूल्याङ्कन गरौँ,एक्लै चुनाव लडेर बहुमत ल्याउन गाह्रो छ ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -