Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:२६ बिहान
- ADVERTISEMENT -

कांग्रेस एक्लै चुनावमा एमालेसंग भिड्न चाहान्न : गृहमन्त्री खाँण

प्रकाशित मिति: २०७८ मंसिर १६, बिहीबार

343
Shares

बुटवल, बिहिबार, १६ मङ्सिर २०७८ । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर सावित भए फेरी पनि केपि ओलीकै हैकम देशमा चल्ने भन्दै गठबन्धन कायमै राखेर चुनावमा जाने दिशामा सबै कार्यकर्तालाई तयार हुन आग्रह गरेका छन् ।

उनले कांग्रेस अभावमा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने बताएका छन्।

नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधि बिच सुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन्।

संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने उनले बताए। आपसी एकतालाइ टुटन नदिइ राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको महत्पूर्ण उपलब्धी भएको उनले बताए।
गृहमन्त्री खाँणले देश भित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटक पटक प्रहार गरीरहँदा पनि पार्टीलाइ एकताबद्ध कायम राख्नु नै काँग्रेस नेतृत्वको ठुलो उपलब्धी भएको दावी गरे।

१४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर देशैभरी सकारात्मक सन्देश र उर्जा प्रवाह गरेको बताए। कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै उहाँले नेताहरुले त्यसमा सकारात्मक भुमिका खेल्नु पर्ने बताए।नेता खाँणले लुम्बिनी प्रदेशमा पनि सर्बसम्मत नेतृत्व चयनकालागि आफुले पहल गरीरहेको र त्यसमा सफल हुने बताए।

सार्वजनिक लेखा समिति सभापती तथा काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाइ निशूल्क गर्ने तर्फ काँग्रेसले ठोस कदम चाल्नु पर्ने बताए।नवनिर्वाचित जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयनमा भुमिका खेल्ने नेताहरुलाइ धन्यवाद दिदै आफु कुनै प्यानलको नभइ साझा सभापतिको रुपमा काम गरेर देखाउने प्रतिवद्धता जनाए। कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे, निवर्तमान जिल्ला सभापती अब्दुल रज्जाक, लगायतले शुभकामना दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -