Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:४० बिहान
- ADVERTISEMENT -

राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप

प्रकाशित मिति: २०७८ मंसिर १३, सोमबार

515
Shares

रामेछाप, मङ्सिर १३ गते । राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ ।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाबाट अहिले करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।

उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, खिम्तीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ ।
निर्माण सम्पन्न आयोजनाले तत्कालै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष सङ्घाईले बताउनुभयो । यसअघि रामेछापको हलेदेबँेसीदेखि ओखलढुङ्गा रगनीसम्मको प्रवेश सडकलगायतको पूर्वाधारको काम गरेको थियो ।

लिखु नदीको पानी प्रयोग गरी अन्य छवटा आयोजनासमेत निर्माणाधीन छन् । लिखु १, २, ३ र लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । रामेछाप जिल्लामा लगानीको वातावरण बन्दै गएको प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले बताउनुभयो ।

“रामेछाप र ओखलढुङ्गामा लगानीको राम्रो वातावरण बनेको छ । यहाँ लगानीको कुनै जोखिम छैन । त्यसैले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो । आठ वर्षको अवधिमा रामेछाप जिल्लका सबै घरबस्ती तथा झुपडीलाई उज्यालो बनाउन सफल भएको उहाँको भनाइ छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -