बागलुङ, नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ ।
पुन हुने निर्वाचनमा सभापतिका उम्मेदवार द्रोर्ण कुँवरले जीत शेरचनलाई समर्थन गर्ने भएका छन ।
उहाँ जस्तो नेता बागलुङ काँग्रेसमा खाँचो छ ।’ कुँवरले जिल्लाको पार्टी संगठनलाई सुदृढिकरण गर्नका लागि सवै कार्यकर्तालाई अन्य हल्लाका पछि नलागेर उपाध्यायलाई मतदान गर्न आग्रह गरेका छन । उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले शेरचनलाई समर्थन गरेका हुन ।
शेरचन उपाध्यायको मतान्तर १०४ छ । शनिरबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बागलुङमा कुल १७८० मतदाता रहेका छन् । कुँवरले शेरचन लाई समर्थन गरेपछि काँग्रेस बागलुङको त्यागी र असल नेताको हातमा जाने कार्याकर्ता बताउँछन ।








































