गोरखा, १० मंसिर २०७८ । नेपाली काँग्रेस गण्डकी प्रदेश अधिवेशनका लागी गोरखाबाट ई दिपक बाबू कडेलले महामन्त्री पदमा दाबी गर्नु भएको छ ।
यहि मंसिर १६,१७ गते हुने काँग्रेस प्रदेश अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गत महामन्त्रीका लागी कडेलले दाबेदारी प्रस्तुत गर्नु भएको हो ।
कडेलले अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, अहिले नै केन्द्र तिर छिरी हाल्ने मेरो योजना छैन । यसपटकको महाधिवेशन मा प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु ।
साथै, प्रदेश अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने कडेलले विश्वास व्यक्त गर्नुभयो ।
तीन दशक लामो राजनीतिक यात्रा र सोहिक्रममा भोग्नुपरेको संघर्ष ,आन्दोलनको अनुभव लाई समेटेर आफूलाई प्रदेश महामन्त्रीमा प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ ।








































