काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले प्रधानमन्त्री पदमा नरहेपनि प्रधानमन्त्रीभन्दा कम नरहेको बताएका छन् ।
‘हुन त म अहिले प्रधानमन्त्री पदमा छैन तर, प्रधानमन्त्री भन्दा कम छैन।’ बुधबार धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने । उनले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए।‘लोकतन्त्रविरोधी तत्वलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो। हामी जनताको साथमा छौं।’ प्रचण्डले थपे ।
आफूले भनेको नमान्दा केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको प्रचण्डले बताए । ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्याछ ।’ प्रचण्डले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपीलाई। तर, उनी नायक रहेनन् खलनायक भए।’
उनले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए।








































