- ADVERTISEMENT -

एकैदिन नेपाल टेलिकमको साढे ४१ करोडको सेयर किनबेच

November 23, 2021
316
Shares
- ADVERTISEMENT -

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि ओरालो लागेको बजार अन्त्यमा ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम २४ करोड रुपैयाँले बढेको छ । सोमबार ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बजारमा २२७ वटा स्क्रिप्टको ७४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

एनटीसीको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । सोमबारको तुलनामा कम्पनीको सेयर मूल्य ३६.८० रुपैयाँले बढेर प्रतिकित्ता १४५७ रुपैयाँ पुगेको छ । जुन २.५९ प्रतिशतले बढी हो ।

- ADVERTISEMENT -

Advertisement

मंगलबार जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ । र, अधिकांश अर्थात १७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य सोमबारको तुलनामा स्थिर रहेको छ । सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ५.८४ प्रतिशतले घटेर प्रतिकित्ता ८१९ रुपैयाँमा झरेको छ ।

त्यस्तै, मंगलबार अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -