गोरखा, नेकपा माओवादी केन्द्रको भिमसेनथापा गाउँपालिका ३ मा वडा कमिटीको गठन गरिएको छ । उक्त अधिबेशनबाट अध्यक्षमा गणेश बहादुर लामिछाने चयन भएको छन् ।
त्यसैगरी उपाध्यक्षमा पुर्ण बहादुर परियार, सचिबमा अरुण खनाल, सह-सचीवमा शकुन्तला भुषाल (बराम), कोषाध्यक्षमा यसोदा खनाल रहेका छन् । त्यसै गरि सदस्यमा शुशिल परियार , स्थिर वहादुर नेपाली , सिताराम कोइराला ,चन्द्रप्रसाद खनाल, बिष्णु प्रसाद खनाल, गुमान बहादुर खनाल, खड्क बहादुर परियार , पार्वती विक , टीका कुमारि लामिछाने , सोविता खनाल, निर्मला भुजेल, सिर्जना उपरकोटी रहनु भएको छ । त्यसै गरि सल्लाहकारमा केशरी प्रसाद खनाल , प्रेम प्रसाद खनाल ,चुडामणि खनाल, राजकुमार खनाल, तेज प्रसाद खनाल रहनु भएको छ ।
शनिबार भिमसेनथापा ३ मा भएको पार्टीको कार्यकर्ता भेला तथा अधिबेशन कार्यक्रमबाट लामिछाने चयन भएका छन् ।
गोरखाका सबै वडामा आज हुने अधिवेशन सुरु भइसकेको छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड ” ले भर्चुअल माध्यम बाट बिहान ११:०० बजे गर्नु भएको हो ।
माओवादिको निर्वाचन आयोगले देशभरका ६,७४३वडामा तीन सदस्यीय निर्वाचन समिती खटाएको छ । यसैगरी, मंसिर ११गते पालिकाको अधिवेशन, २५ गते प्रदेशस्तरिय अधिवेशन गर्ने र पुस ११-१३ गते काठमाडौमा राष्ट्रिय अधिवेशन गर्ने कार्यतालिका तयार गरेको छ ।
माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।








































