Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:४८ बिहान
- ADVERTISEMENT -

हस्तकलाको प्रवद्र्धनमा सरकारको जोड

प्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार

690
Shares

काठमाडौं, शनिबार, ४ मङ्सिर २०७८ । १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिता शुक्रबारदेखि काठमाडौंको हायात होटलमा सुरु भएको छ ।

नेपाल हस्तकला महासंघद्वारा आयोजित मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला देशको कला र संस्कृति पहिचान गर्ने माध्यम भएको भन्दै हस्तकलाको प्रवद्र्धनमा सरकारले जोड दिने बताउनुभयो ।

हस्तकलामा कोरिएका चित्रहरू तथा मूर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकाले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न उहाँले व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । सरकार हस्तकला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक ऐन तथा नीति बनाएर सहजीकरण गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मेला अवलोकन गर्दा अति सुन्दर मूर्ति, कला, मिहिनेत देख्दा म खुशी छु । हाम्रो पहिचान कायम राख्न धेरै कालीगढले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मूर्ति, फेसन, विभिन्न कलाकृतिका सामग्री बनाएको छ, यो नै देशको पहिचान हो । यसको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ ।’ त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको धर्म संस्कृतिको पहिचान नै हस्तकला भएकाले हस्तकलाको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हस्तकला उद्यमीलाई उच्च मनोबलसाथ व्यवसाय गर्न आग्रह गर्दै हस्तकलाको व्यावसायीकरणका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

आयोजक संंस्था महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला संंस्कृतिकोे प्रवद्र्धन र संरक्षणमा हस्तकलाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । कोरोनाका कारण आन्तरिक तथा बाहृय व्यापार नराम्ररी प्रभावित भएकोमा कोरोना न्यूनीकरणसँगै हस्तकला पुनः लयमा फर्किनेक्रम सुरु भएको पनि उहाँले बताउनुभयो ।

महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाका साथै आर्थिक उपार्जनको मुख्य स्रोत भए पनि सरकारले उपेक्षा गरेको गुनासो गर्नुभयो । हस्तकलाको संरक्षण तथा प्रवद्र्धनका लागि महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्साहन गर्न सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोगलाई बाध्यकारी बनाइनुपर्ने बताउनुभयो । हस्तकला राष्ट्रको महत्वपूर्ण धरोहर भए पनि सरकारी निकायमा हालसम्म हस्तकला क्षेत्र हेर्ने छुट्टै निकाय नभएको गुनासो गर्नुभयो । साथै उहाँले हस्तकला नीति तर्जुमा गर्न पनि सरकारसँग माग गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मेलाले कोरोना महामारीले शिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाहृय बजारलाई प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले साधनामाला पुस्तकको विमोचनका साथै महासंघको व्यावसायिक अनलाइन पोर्टल ई–कलाको समेत शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट व्यवसायीहरू पद्मरत्न धाख्वा, गोपीप्रसाद कँडेल, प्रदीप थापा, जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनु केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोविन्द टण्डन, एकदेव अर्याल, चन्द्रबहादुर थापा, नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्यलगायतलाई सम्मान गरिएको थियो । मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहेको संयोजक शाक्यले जानकारी गराउनुभएको छ । मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत-जडाउ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी रहेको छ । मेला झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको छ ।

नेपालको मौलिक कलाका रूपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौगोलिक कलाकृति अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ । सोही उद्देश्यअनुरूप २०४८ देखि आफ्नो वार्षिक क्यालेन्डरका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा मेला आयोजना गर्दै आएको छ ।

मेलाले कोरोना महामारीले शिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाहृय बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्नेमात्र नभई स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेताबिक्रेतालाई एउटै स्थानमा भेला गराउने, नवोेदित उद्यमी व्यवसायीलाई बजार पहँुचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाका सम्बन्धमा जनभावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -