Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५४:०३ बिहान
- ADVERTISEMENT -

अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी

प्रकाशित मिति: २०७८ मंसिर ३, शुक्रबार

703
Shares

अछाम । अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन् । कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै उत्पादन बढाइ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । अछामका सबै स्थानमा सिँचाइ सुविधा छैन ।

सिँचाइको सुविधा नभएको स्थानमा कोदो बाली लगाउने गरिएको छ । बीचमा कोदोको खेती गर्ने क्रम घटेको थियो । तर, स्थानीय सरकारले रैथाने बाली संरक्षणको अभियान चलाएपछि यसको खेती गर्ने क्रम फेरि बढेको छ ।

चौरपाटी, रामारोशन, मेल्लेख, मंगलसैन लगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ । किसानहरू अहिले कोदो काट्न र सङ्कलन गर्न व्यस्त भएको मंगलसैनका धनसरा ढुङ्गानाको भनाइ छ । अछामको चौरपाटी गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा कोदो पर्दछ ।

पौष्टिक तत्व धेरै मात्रामा पाइने कोदो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । रैथाने बालीका रूपमा रहेको कोदोको परिकारप्रति स्थानीयवासीको मात्र हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको चौरपाटी अछामका भक्त कामीको भनाइ छ ।

अछाममा तीन हजार ४०४ हेक्टर क्षेत्रमा कोदो खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ । चौरपाटी गाउँपालिकाले रैथाने बालीको संरक्षणको लागि फलेको कोदो, कुटेको धान कार्यक्रम सञ्चालन गरेको छ । यसबाट रैथाले बाली संरक्षण पनि हुने र जमिन पनि बाँझो नरहने गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद बताए । 

अछाममा वर्सेनि लगभग ३२ सय ३१ दशमलव नाै मेट्रिक टन कोदो तथा ४३२ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -