Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:३८ बिहान
- ADVERTISEMENT -

तनाब बढेपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

प्रकाशित मिति: २०७८ कात्तिक २४, बुधबार

738
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहान तनाब ग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले १३ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको सालिक अनाबरणको बिषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको बिषयलाई लिएर बिबाद भई तनाब बढेपछि निषेधाज्ञा जारी गरेको उक्त कार्यालयले जनाएको छ ।

शालिक निर्माण गरिएको बाल उद्यानको आसपासमा रहेको स्टल बजार, जुनार चोक, बस पार्क, ग्वाङखोला पुल, हस्पिटल क्षेत्रभित्र कुनै पनि किसिमको सभा, समारोह तथा जुलुस गर्न नपाईने गरी बुधबार बिहान ११ बजेदेखि राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार कमलामाई नगरपालिकाले शालिक अनाबरण र सिन्धुलीगढी बिजय उत्सब मनाउनका लागि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि गठबन्धनका दलले आपत्ति जनाई बिरोध गरेपछि विवाद सुरु भएको थियो । जस अनुरुप बुधबार विहान ९ बजे शालिक अनाबरण र बिहान ११ बजे सिन्धुलीगढी बिजय उत्सब उद्घाटनका लागि कार्यक्रम तय गरिएको थियो ।

कार्यक्रममा सहभागि हुन नेकपा एमालेका महासचिब पोख्रेल मङगलबार बेलुका नै सिन्धुलीमाढी आउनु भएको नेकपा एमालेले जनाएको छ । कमलामाइ नगरपालिकाले सङ्घीय तथा प्रदेस सरकारलाई उपेक्षा गर्दै बहालवाला मन्त्री तथा कर्मचारीहरु हुँदाहुदै पूर्व भैसकेको र एमाले महासचिव इश्वर पोखरेलबाट शालिक अनाबरण तथा विजयोत्सवको प्रमुख अतिथि बनाएपछि विवाद भई तनाबग्रस्त बढेको हो ।

गठबन्धन दलका कार्यकर्ताहरु र नेकपा (एमाले) का कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएपछि जुनसुकै बेला झडम हुने संभावनाले ठूलो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गठबन्धन दलहरुले बिरोध गर्दै बाल उद्यनमा मङगलबारदेखि नै तालावन्दी गरेका छन् । बुधबार विहान गठबन्धन दलका नेताहरु, नेकपा एमालेका नेता र कमलामाई नगरपालिकाका मेयरको उपस्थितिमा बसेको बैठकले शालिक अनाबरण तत्काललाई स्थगित गर्ने र सिन्धुलीगढी बिजय उत्सव नेकपा एमालेका ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाएर गर्ने सहमति जुटेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -